Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्री गौतमले राष्ट्रिय सभासँग मागिन् माफी

मन्त्री गौतमले राष्ट्रिय सभासँग मागिन् माफी


  • 722
    Shares

    मन्त्री गौतमले राष्ट्रिय सभासँग मागिन् माफी
    images

    काठमाडौं ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जेनजी आन्दोलन स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन्।

    बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिले राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको भए आफू क्षमाप्रार्थी रहेको बताइन्।

    उनले भदौ २३ गतेको कार्यक्रममा राष्ट्रिय सभाले कानुन निर्माणमा असहयोग गरेको आशय व्यक्त गरेकी थिइन्। तर, गौतमले आफूले राष्ट्रिय सभा वा त्यसका सदस्यलाई होच्याउने उद्देश्यले नबोलेको स्पष्ट पारिन्।

    मन्त्री गौतमले आफूले बोलेका विषयलाई गलत ढंगले व्याख्या गरिएको दाबी गर्दै कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच सहकार्य आवश्यक रहेको बताइन्।

    उनले जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण तथा संविधान संशोधनका विषयमा आफूले तथ्यभन्दा बाहिर गएर नबोलेको जिकिर गरिन्। साथै, आगामी दिनमा यस्ता विषयमा थप सतर्क हुने प्रतिबद्धता जनाउँदै दुवै सदनबीच सहकार्य गरेर कानुन निर्माण प्रक्रियालाई गति दिने बताइन्।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १६:०३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij