Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जलवायु न्याय माग्दै माइतीघरमा जेनजीको प्रदर्शन

जलवायु न्याय माग्दै माइतीघरमा जेनजीको प्रदर्शन


  • 645
    Shares

    जलवायु न्याय माग्दै माइतीघरमा जेनजीको प्रदर्शन
    images

    काठमाडौं ।  राष्ट्रिय जेनजी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

    बिहीबार माइतीघर मण्डलामा भेला भएका अभियानमा सहभागीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिपूर्तिको माग गरेका हुन्।

    प्रदर्शनकारीहरूले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले ठूलो रूपमा भोगिरहेको भन्दै प्रभावित नागरिकका लागि न्याय र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

    गत भदौ १० गते तिब्बततर्फबाट आएको बाढीले नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको घटनालाई समेत जलवायु संकटसँग जोड्दै उनीहरूले सरकार तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।

    अभियानले जलवायु परिवर्तनबाट प्रभावित समुदायको पुनःस्थापना, क्षतिपूर्ति र दीर्घकालीन जलवायु न्यायका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ। 

     

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १५:४७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij