Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चिलिमेको सुरुङ नजिकै पुग्यो सडक

चिलिमेको सुरुङ नजिकै पुग्यो सडक


  • 1.4K
    Shares

    चिलिमेको सुरुङ नजिकै पुग्यो सडक
    images

    काठमाडौं । खोज तथा उद्धारको लागी चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुख नजिकसम्म सडक पुर्‍याइएको छ । 

    रसुवाको स्याफ्रबेँशी हुँदै चिलिमेको टनेलसम्म हेभी उपकरण लैजान नेपाली सेनाले पहुँच सडक निर्माण गरेको हो । सुरुङको मुखबाट करिब ३० मिटर नजिकसम्म पहुँचमार्ग बनाइएको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतले भने, ‘पहुँचमार्ग टनेल नजिकैसम्म पुगेको छ ।’

    सेनाले प्रयोग गर्दै आएको एमआई–१७ हेलिकप्टरबाट ठुला उपकरण लगेर चिलिमेको सुरुङको मुखमा ल्याण्ड गरेर त्यहाँ फसेकाहरूको खोजी गर्न असम्भव भएसँगै सेनाले सडक बनाएर ठुलो उपकरण लैजान लागेको हो ।

    २२ मेगावाटको चिलिमे जलविद्युत आयोजना क्षेत्रमा रहेका सांसद सागर ढकालका अनुसार पहुँच सडक बनाउन एउटा एक्स्काभेटर प्रयोग गरिएको छ । चिलिमेको टनेलभित्र ८ जना मानिस फसेका छन् । खोज तथा उद्धारका लागी नेपाली सेना र भारतीय टनेल विशेषज्ञहरूले काम गरिरहेका छन् ।

    हेभि उपकरण लैजान नसकेपनि उद्धारकर्मीहरू टनेलको ११५ मिटर भित्र पुगेर डेब्रिज हटाउने काम गरिरहेका छन् । सुरुङ भित्र उकालो र ओरोलो ‘बेन्ड’ क्षेत्रमा उद्धारकर्मीहरू पुगेका हुन् । त्यहाँ विस्फोट गर्न नमिल्ने भएपछि ठुला उपकरण लैजान खोजिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

    उद्धारकर्मीहरुले ६ मिटरका ठुला पाइप प्रयोग गरेर हिँड्न मिल्ने बाटो तयार गरेका छन् । विस्फोट गरेर ठुला ढुङ्गा फुटाउनुपर्ने भएपछि पहुँचमार्ग बनाउन समय लागेको बताइएको छ । 

    सांसद ढकालका अनुसार पुल्चोक क्याम्पसबाट लेदो तान्ने मेशिन चिलिमेमा लगिएको छ। पूर्वउर्जामन्त्री कुलमान घिसिङले पनि चिलिमे जलविद्युत आयोजना स्थलमा पुगेर सहजीकरण गरेका छन् । 



    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १५:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij