Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अमरेशको बालेनलाई चेतावनी– ‘तपाईंको सरकार तासको पत्ता हो’

अमरेशको बालेनलाई चेतावनी– ‘तपाईंको सरकार तासको पत्ता हो’


  • 729
    Shares

    अमरेशको बालेनलाई चेतावनी– ‘तपाईंको सरकार तासको पत्ता हो’
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको चर्को आलोचना गर्दै यसलाई ‘तासको पत्ता’को संज्ञा दिएका छन्।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले सरकारले सुरुदेखि नै मधेसी समुदायमाथि प्रहार गरिरहेको आरोप लगाए। राजविराजस्थित अस्पताल परिसरबाहिर एक महिलाले सुत्केरी हुनुपरेको घटनालाई उल्लेख गर्दै उनले राज्यको व्यवहारप्रति प्रश्न उठाए।

    सिंहले उक्त घटनाबाट आफू भावुक भएको बताउँदै मधेसी जनताको समर्थनमा बनेको सरकारले उनीहरूमाथि अन्याय गरे परिणाम राम्रो नहुने चेतावनी दिए।

    वविताको भिडियो देखेर आँखामा आँसु आएको उनले बताए । ‘म यहाँ रुँदिन, म राज्यलाई भन्न चाहन्छु, तपाईं मधेसीको बलमा सरकार ठड्याउनुभएको छ, तपाईंको यो सरकार तासको पत्ता हो’, सिंहले चेतावनी दिए ।

    उनले मधेसीको बर्दिवास मेडिकल बनाउने सपना तुहाएको, रसुवा बाढीपछि उद्धारमा ढिलाइ गरेको तथा किसानले मल नपाएको भन्दै सरकारको कार्यशैलीको आलोचना गरे।

    शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकार प्रभावकारी हुन नसकेको दाबी गर्दै सिंहले न्यायालय, कर्मचारीतन्त्र र प्रधानमन्त्रीको सचिवालयको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। सरकार असफल हुनुमा प्रधानमन्त्रीका सल्लाहकारको भूमिकासमेत रहेको उनको आरोप थियो। 

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १५:२६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij