Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ग्यास अभावप्रति असन्तुष्ट भण्डारीले छाड्ने भए उद्योग समिति

ग्यास अभावप्रति असन्तुष्ट भण्डारीले छाड्ने भए उद्योग समिति


  • 834
    Shares

    ग्यास अभावप्रति असन्तुष्ट भण्डारीले छाड्ने भए उद्योग समिति
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले प्रतिनिधि सभाको ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।

    बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले आम जनताले सहज रूपमा खाना पकाउने ग्याससमेत पाउन नसकेको गम्भीर अवस्थामा समितिमा रहिरहनुको औचित्य नभएको बताएका हुन्।

    उनले उपभोक्ता हितसँग प्रत्यक्ष जोडिएको विषयमा सरकार र सम्बन्धित निकाय मौन बसेको र जनतालाई सास्ती दिने काम भइरहेको बताएका छन्। जनताले भोकै पर्ने अवस्था आउँदासम्म पनि प्रभावकारी कदम चाल्न नसक्ने समितिमा बस्नुभन्दा त्यसबाट अलग हुनु नै उपयुक्त रहेको उनको भनाइ थियो।

     

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १५:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij