२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । उनले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
पछिल्लो समय बजारमा ग्यास अभाव भएपछि त्यसको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना हुँदै आएको थियो ।
बुधबार मात्रै संसदीय समितिको बैठकमा यादवले ग्यास अभावका विषयमा उद्योगीलाई दोष दिँदै मन्त्रालयका कर्मचारीले समेत आफूलाई सहयोग नगरेको आरोप लगाएकी थिइन् ।
उनले उद्योगीलाई कारबाही गर्ने तथा लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएपछि व्यवसायीहरूले समेत आपत्ति जनाएका थिए । व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा फोन गरी विवादास्पद अभिव्यक्ति फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएको बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij