Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्दै

एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्दै


  • 862
    Shares

    एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्दै
    images

    काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य डा।राजन भट्टराईले शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको जानकारी दिएका छन् । 

    उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव छन् । सातै प्रदेश र गैरभौगोलिक गरी १३ स्थानमा सङ्कलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो ।

    सोही अनुसार पोखरेलले प्रतिवेदन तयार पारेर संयोजक थापालाई दिएका थिए । थापाले उक्त मस्यौदा अध्यक्ष ओलीलाई देखाएपछि उक्त मस्यौदामा ओलीले असहमति जनाएका थिए । पोखरेलले तयार पारेको मस्यौदा प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि पुन संयोजक थापालाई प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन दिएका थिए ।  

     

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १३:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij