Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विपक्षी दलको बैठक सिंहदरबारमा

विपक्षी दलको बैठक सिंहदरबारमा


  • 666
    Shares

    विपक्षी दलको बैठक सिंहदरबारमा
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। नेपाली कांग्रेसको आह्वानमा कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसेको हो।

    भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना र सर्वदलीय बैठकका निर्णय कार्यान्वयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

    बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी छन्।

    तर अर्को प्रमुख प्रतिपक्षी दल राप्रपा भने बैठकमा सहभागी भएको छैन।  

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १२:०९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij