Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोमन सर्पले डसेकी बालिकाको अस्पताल चहार्दाचहार्दै मृत्यु

गोमन सर्पले डसेकी बालिकाको अस्पताल चहार्दाचहार्दै मृत्यु


  • 967
    Shares

    गोमन सर्पले डसेकी बालिकाको अस्पताल चहार्दाचहार्दै मृत्यु
    images

    काठमाडौं । इटहरीमा गोमन सर्पले डसेकी एक बालिकाको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। इटहरी–५ की आस्वान चौहानको अस्पतालमा पीआईसीयू सेवा उपलब्ध नहुँदा उपचारका लागि विभिन्न अस्पताल चहार्दाचहार्दै मृत्यु भएको परिवारले जनाएको छ।

    बुधबार साँझ घरभित्र खेलिरहेका बेला गोमन सर्पले बालिकाको बायाँ हातमा डसेको थियो। सर्पले डसेको कुरा तत्काल अभिभावकलाई जानकारी नगराएकी उनले पछि बताएपछि परिवारले उपचारका लागि उनलाई नेपाली सेनाले सञ्चालन गरेको इटहरीस्थित सर्पदंश उपचार केन्द्र पुर्‍याएको थियो।

    परिवारका अनुसार उपचार केन्द्रमा १३ वर्षमुनिका बालबालिकाको उपचार गर्न नसकिने जानकारी दिइएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। बाटोमै उनलाई बान्तासमेत भएको थियो।

    प्रतिष्ठानमा पीआईसीयू सेवा नभएको भन्दै उपचार सम्भव नभएपछि बालिकालाई विराट मेडिकल कलेज लगिएको थियो। गम्भीर अवस्थामा रहेकी उनलाई साँझ करिब ७ः५० बजे अस्पताल पुर्‍याइएको थियो। आफन्तका अनुसार चिकित्सकले करिब ८ः१७ बजे उनलाई मृत घोषणा गरेका थिए।

    परिवारले समयमै आवश्यक उपचार र पीआईसीयू सेवा उपलब्ध हुन नसक्दा बालिकाको ज्यान गएको जनाएको छ।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १२:०४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij