Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नुवाकोटको तादि खोलाको बेली ब्रिज सम्पन्न भोली बाट संचालनमा आउने

नुवाकोटको तादि खोलाको बेली ब्रिज सम्पन्न भोली बाट संचालनमा आउने


  • 533
    Shares

    नुवाकोटको तादि खोलाको बेली ब्रिज सम्पन्न  भोली बाट संचालनमा आउने
    images

    काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन लगाएर एक्रो ब्रिज जडान गरेको छ।

    प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार नेपाली सेनाले ५ दिनदेखि खटेर बुधबार बेलुका एक्रो ब्रिज जडान सम्पन्न गरेको हो।

    नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिएको र शुक्रबारदेखि सवारीसाधन सञ्चालन गरिने सरकारले जनाएको छ। 

    ​यसअघि भोटेकोसीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीय, व्यापारी तथा यात्रुलाई राहत भएको छ।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - ११:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij