Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितका लागि हाम्रो पात्रो प्रयोगकर्ताको १ करोड २५ लाख सहयोग

बाढीपीडितका लागि हाम्रो पात्रो प्रयोगकर्ताको १ करोड २५ लाख सहयोग


  • 946
    Shares

    बाढीपीडितका लागि हाम्रो पात्रो प्रयोगकर्ताको १ करोड २५ लाख सहयोग
    images

    काठमाडौं । हाम्रो पात्रोका प्रयोगकर्ताले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

    नेपालमा हालै आएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो ।

    हाम्रो पात्रो कम्युनिटीका तर्फबाट संकलित सहयोग रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । सहयोग रकमसँगै अभियानमा योगदान गर्ने सम्पूर्ण सहयोगीको नामावलीसमेत सरकारलाई बुझाइएको छ ।

    विदेशमा रहेका नेपालीले समेत सहज रूपमा राष्ट्रिय राहत अभियानमा योगदान गर्न सकून् भन्ने उद्देश्यले हाम्रो पात्रोले अभियानलाई सहजीकरण गरेको जनाएको छ । 

    हाम्रो पात्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले १ करोड २५ लाख रुपैयाँ प्रयोगकर्ताको सामूहिक योगदान भएको बताए । उनले हाम्रो पात्रोले प्रयोगकर्ताको सहयोग सरकारसम्म पुर्‍याउने माध्यमको भूमिका मात्र खेलेको बताए ।

    हाम्रो पात्रोले स्थापनाकालदेखि सूचना तथा डिजिटल सेवामार्फत नेपाली कम्युनिटीलाई जोड्दै आएको जनाएको छ । विपद्का बेला सामूहिक सहयोग जुटाउनसमेत भूमिका खेल्दै आएको हाम्रो पात्रो एप विश्वभर २ करोडभन्दा बढी पटक डाउनलोड भएको कम्पनीले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - ११:११:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij