Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढी प्रभावित क्षेत्रको उद्धार र पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बाढी प्रभावित क्षेत्रको उद्धार र पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै


  • 743
    Shares

    बाढी प्रभावित क्षेत्रको उद्धार र पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयसँगै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल हुनेछ।

    बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय लिन बैठक बोलाइएको सचिवालयले जनाएको छ।

    सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र विस्थापित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

    प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको अवस्थाबारे नियमित जानकारी लिँदै उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै आएका छन्।  

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - ११:०६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij