Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेसले बोलायो विपक्षी दलको बैठक

कांग्रेसले बोलायो विपक्षी दलको बैठक


  • 883
    Shares

    कांग्रेसले बोलायो विपक्षी दलको बैठक
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ। 

    समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल गर्न कांग्रेसले विपक्षी दलहरूलाई छलफलका लागि बोलाएको हो ।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् । 

    बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको थापाले जानकारी दिइन् । 

    मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनका विषयमा साझा धारणा बनाउने उद्देश्यले प्रमुख प्रतिपक्षी दलले विपक्षी दलहरूको बैठक बोलाएको हो।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - ११:०२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij