Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख बराबरको सहयोग

यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख बराबरको सहयोग


  • 918
    Shares

    यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख बराबरको सहयोग
    images

    काठमाडौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु मा रु. ३ करोड ५१ लाख ५१ हजार (तीन करोड एकाउन्न लाख एकाउन्न हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेका छन्। 

    उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष श्री कमल किशोर मालपानीज्यू र चेयरमेन श्री चुन्न प्रसाद शर्माज्यूले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।

    यसका साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा रु. ३० लाख बराबरको करेन्ट चाउचाउ पठाएर सम्बन्धित निकाय र प्रभावित जनतालाई प्रत्यक्ष रूपमा उक्त चाउचाउहरु  वितरण गरेको थियो र आवश्यक परेमा अझै पनि चाउचाउ  पठाउन र पिडितलाई सहयोग गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।

    साथै, यस विपदको घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्नका लागि यशोदा ग्रुप इण्डस्ट्रिज प्रा।लि पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको कुरा कम्पनीले जनाएको छ। 

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १०:४४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij