Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपालमाथि जलवायु अन्याय भयो, विश्वले न्याय दिनुपर्छ : देउवा

नेपालमाथि जलवायु अन्याय भयो, विश्वले न्याय दिनुपर्छ : देउवा


  • 862
    Shares

    नेपालमाथि जलवायु अन्याय भयो, विश्वले न्याय दिनुपर्छ : देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति विश्वकै लागि चिन्ताको विषय भएको बताएका छन् ।

    नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकहरू बढी प्रभावित भइरहेकाले अब नेपालले जलवायु न्याय पाउनुपर्ने बताए ।

    उनले जलवायु परिवर्तनको असरले नेपालमा मात्रै नभई विश्वभर प्राकृतिक विपत्तिको शृङ्खला बढिरहेको उल्लेख गर्दै यसको समाधानका लागि अन्तर्राष्ट्रिय स्तरबाटै ठोस पहल आवश्यक रहेको बताए ।

    देउवाले भने, ‘अहिलेको समयमा जलवायु परिवर्तनको असरबाट नेपाल आक्रान्त छ। यसको असरले नेपालमा मात्र होइन, विश्वभर नै विपत्तिको शृङ्खला निम्त्याइरहेको छ। तर, नेपालजस्ता मुलुकहरूले यसको मार बढी भोग्नुपरेको छ।’

    जलवायु संकटका कारण नेपालमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले विश्व समुदायले नेपाललाई न्याय दिनुपर्ने बताए ।

    उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सम्बन्धित राष्ट्रहरूलाई आग्रह गरे । साथै, विपद्को कठिन समयमा दलगत स्वार्थभन्दा माथि उठेर पीडितको उद्धार तथा राहतमा जुट्न सबैलाई आह्वान गरे ।

    ‘यस्तो विपत्तिको घडीमा हामी सबै एकजुट हुनुपर्छ। सरकार र सबै राजनीतिक दलहरूले मिलेर काम गरे मात्र पीडित नागरिकले राहत पाउन सक्छन् र भविष्यमा यस्ता विपत्ति आउन नदिन बलियो संरचना निर्माण गर्न सकिन्छ,’ देउवाले भने । 

    विपद् व्यवस्थापनमा सरकारको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिँदै देउवाले स्थानीय तहदेखि नै विपद् पूर्वतयारीका कामलाई प्राथमिकता दिनुपर्ने बताए ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १७:१५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij