Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ग्यास अभावविरुद्ध सिंहदरबारमा सिलिन्डर बोकेर विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

ग्यास अभावविरुद्ध सिंहदरबारमा सिलिन्डर बोकेर विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)


  • 1.0K
    Shares

    ग्यास अभावविरुद्ध सिंहदरबारमा सिलिन्डर बोकेर विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)
    images

    काठमाडौं । खाना पकाउने ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ।

    विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्।

    प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउन तथा ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

    उनीहरूले ग्यास अभावका कारण विद्यार्थी तथा सर्वसाधारणले दैनिक जीवनमा समस्या भोगिरहेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।

    g9.JPG

    g8.JPG

    g7.JPG

    g6.JPG

    g5.JPG

    g4.JPG

    g3.JPG

    g2.JPG

    g1.JPG

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १६:५०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij