२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीका ३४ जना श्रमदाता केन्द्रीय सचिव प्रसाद राईको नेतृत्वमा रसुवा प्रस्थान गरेका छन् ।
उनीहरू चारवटा क्यारियर गाडीमा जेनेरेटर, ड्रिल, टेन्ट, गैंती, बेल्चा र खाद्यान्नलगायत सामग्री बोकेर रसुवा गएका हुन् ।
भोटेकोशीमा आएको बाढीका कारण सहायक पुङ खोलामा रहेको बेलिब्रिज र सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पार्टी अध्यक्ष हर्क साम्पाङको टोलीले मंगलबारदेखि नै बाटो खुलाउने काम गरिरहेको छ ।
सचिव राईले रसुवा पुगेसँगै बाटो खुलाउने कामलाई थप तीव्रता दिने बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij