२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४३ अंकले घटेर २,५४५ को विन्दुमा कायम भएको छ ।
आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड माथिको शेयर कारोबार भएको छ ।
त्यस्तै बैंकिङ ०.१६, फाइनान्स १.०८, होटल तथा पर्यटन १.३८, जलविद्युत् ०.४९, लगानी ०.८२, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा १.५७, अन्य ०.५२ र व्यापार समूह १.५६ प्रतिशत घटेको छ ।
आज अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । त्यस्तै शुभम् पावरको ६.४०, बाराही हाइड्रोपावरको ५.७९, इङवा हाइड्रोपावरको ३.६६ प्रतिशत मूल्य बढेको छ ।
इमर्जिङ नेपाल, सिन्धु विकास बैंक तथा जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घटेको छ । सिन्धु र जानकीलाई मुक्तिनाथ विकास बैंकले एक्विजिसन गर्ने समझदारी भएयता मूल्य घटिरहेको छ ।
कालिन्चोक दर्शनको १४.२८, उपकार लघुवित्तको १२.०४, मुक्तिनाथ विकास बैंकको ७.९८, त्रिशूली जलविद्युतको ७.६०, सप्तकोशी विकास बैंकको ७.३३, नेपाल फाइनान्सको ६.४४, मैलुङखोला जलविद्युतको ६.३२ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij