Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘राज्य कहाँ छ ?’ भन्नेहरूलाई रविले दिए यस्तो जवाफ

‘राज्य कहाँ छ ?’ भन्नेहरूलाई रविले दिए यस्तो जवाफ


  • 736
    Shares

    ‘राज्य कहाँ छ ?’ भन्नेहरूलाई रविले दिए यस्तो जवाफ
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘राज्य कहाँ छ ?’ भन्ने प्रश्न उठाउनेहरूलाई प्रतिनिधिसभाबाटै जवाफ दिएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले विपद्को समयमा राज्य उद्धार, राहत र पुनःस्थापनाका लागि मैदानमा रहेको बताएका हुन् ।

    ‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु । राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ ? भनेर दृश्यसहित प्रष्ट्याउनु हो,’ उनले भने ।

    लामिछानेले राज्य अहिले विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतका लागि निरन्तर खटिरहेको दाबी गरे । उनका अनुसार राज्य भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ भने सर्वस्व गुमाएका नागरिकका लागि आश्रय र सहयोग जुटाउन दिनरात काम गरिरहेको छ ।

    उनले भेलले बगाएका सडक तथा चुँडिएका पुल पुनर्निर्माणसँगै विपद्का कारण नागरिकमा टुटेको भरोसा जोड्ने प्रयास पनि भइरहेको बताए ।

    लामिछानेले भविष्यमा यस्ता विपद् दोहोरिन नदिन बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका तयार गर्नुपर्नेमा समेत जोड दिए ।

    उनले राज्यले स्रोतको अभाव, सीमा र थकानलाई पन्छाउँदै नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिएको बताए।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १५:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij