Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चिलिमे जलविद्युत्‌को सुरुङमा उद्धार तीव्र: कुलमानको उपस्थितिमा एक्सकाभेटर छिराउने प्रयास

चिलिमे जलविद्युत्‌को सुरुङमा उद्धार तीव्र: कुलमानको उपस्थितिमा एक्सकाभेटर छिराउने प्रयास


  • 498
    Shares

    चिलिमे जलविद्युत्‌को सुरुङमा उद्धार तीव्र: कुलमानको उपस्थितिमा एक्सकाभेटर छिराउने प्रयास
    images

    काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले सहजीकरणका लागि बोलाएपछि आफूहरु चिलिमे पुगेको घिसिङले बताए ।

    ‘सुरुङभित्रको उद्धार कार्य कसरी अगाडि बढाउने भन्ने विषयमा नेपाली सेनाको टोलीसँग घिसिङ र उनको टोलीले आवश्यक छलफल गरिसकेको छ । छलफल सकिएलगत्तै टोली अहिले कार्यस्थल (साइट) मोबिलाइज भइरहेको उनले जानकारी दिए ।

    घिसिङसँग सो आयोजनास्थलमा पहिले चार वर्ष प्रत्यक्ष रुपमा बसेर काम गरेको अनुभव रहेको छ । यसबाहेक नेपाल विद्युत् प्राधिकरणमा रहँदा पनि आठदेखि नौ वर्ष सो क्षेत्रसँग सम्बन्धित भएर काम गरेका थिए । सोही लामो कार्यअनुभव र सुरुङको भौगर्भिक बनावटबारे जानकारी भएकाले सेनाले उनलाई छलफलका लागि बोलाएको हो ।

    सुरुङभित्र अहिले जनशक्तिमार्फत (म्यानुअली) काम भइरहेको छ, भने एक्सकाभेटर प्रयोग गरेर उद्धार अगाडि बढाउने निर्णय भएको छ । कार्यस्थलमा एक्सकाभेटर पु¥याउने काम जारी रहेको र आज बेलुका वा भोलि बिहानसम्ममा सुरुङभित्र एक्सकाभेटर छिराएर काम तीव्र पारिने घिसिङले बताएका छन् ।

    उद्धार कार्यलाई निरन्तरता दिन र सेनाको टोलीसँग सहकार्य जारी राख्नका लागि घिसिङ र उनको प्राविधिक टोली भोलिसम्म घटनास्थलमै रहने भएको छ ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १४:५०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij