Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘अल्टर’ सिलिन्डर साटेर ग्यास दिन नसकिने व्यवसायीको अडान

‘अल्टर’ सिलिन्डर साटेर ग्यास दिन नसकिने व्यवसायीको अडान


  • 939
    Shares

    ‘अल्टर’ सिलिन्डर साटेर ग्यास दिन नसकिने व्यवसायीको अडान
    images

    काठमाडौं । एलपी ग्यासका उपभोक्ताले जुनसुकै कम्पनीको सिलिन्डर (अल्टर) साट्न पाउने मन्त्रीको घोषणालाई व्यवसायीले अस्वीकार गरेका छन् ।

    नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले भने  एक कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको सिलिन्डर साट्न नसकिने प्रष्ट्याएका हुन् ।

    नेपाल आयल निगममा भएको छलफलका क्रममा अध्यक्ष चन्दले एक ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न नसकिने अडान राखेको बताए । उद्योगमन्त्री गौरी यादवले ग्यास उद्योगीहरूसँग छलफल नै नगरी एकतर्फी रूपमा जुनसुकै ब्रान्डको सिलिन्डर पनि साट्न दिने निर्देशन दिएको व्यवसायीहरूको भनाइ छ ।

    उद्योग मन्त्रालय र नेपाल आयल निगमका प्रतिनिधिहरूसँगको छलफलमा आफूले सो कुरा स्पष्ट रूपमा राखिसकेको चन्दले जानकारी दिए ।

    ‘जुनसुकै ग्यासको सिलिन्डर साट्न सकिने कुरा व्यावहारिक रूपमा कठिन हुन्छ । उद्योगीहरूले यसमा असमर्थता जनाएका छन्,’ उनले भने ।

    नेपाल आयल निगमका प्रतिनिधि, मन्त्रालयका अधिकारी तथा काठमाडौंका सीडीओलगायतको उपस्थितिमा भएको उक्त छलफलमा उद्योगीहरूले यसरी सिलिन्डर साट्दा आइपर्ने सम्भावित जोखिम र जटिलताबारे आफ्ना धारणा राखेका थिए ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १४:२९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij