Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन


  • 610
    Shares

    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    images

    काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा  विश्लेषण गर्ने भएको छ ।

    अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको  छ ।

    प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्कको संयोजकत्वमा  उक्त उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन् ।

    समितिका सभापति डा कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढीसँग सम्बन्धि र जलवायु वित्तसम्बन्धी अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्नका लागि कार्यदेश दिइएको बताए ।

    उनले  उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिइएको जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १४:०१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij