२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बाढीमा सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिन माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आवश्यक ठाउँमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गर्न पनि माग गरिन्।
उनले भनिन्, ‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बाँच्नुपर्छ र बचाउनुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुपर्छ।’
उनले राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र सङ्कटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व भएको बताइन्। उद्धार तथा खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाउन माग गरिन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij