Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सालिकमा परिवारजनको आपत्ति, उद्घाटन नगरी फर्किए गृहमन्त्री गुरुङ

सालिकमा परिवारजनको आपत्ति, उद्घाटन नगरी फर्किए गृहमन्त्री गुरुङ


  • 1.0K
    Shares

    सालिकमा परिवारजनको आपत्ति, उद्घाटन नगरी फर्किए गृहमन्त्री  गुरुङ
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन्।

    जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्क उद्घाटन गर्न गृहमन्त्री गुरुङ बुधबार सातदोबाटो पुगेका थिए। तर, पार्कमा निर्माण गरिएका शहीदका सालिक उनीहरूको वास्तविक अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उद्घाटन कार्यक्रम रोकिएको हो।

    पार्क उद्घाटनमा सहभागी हुन पुगेका शहीदका आफन्तहरूले सालिकमा लापरबाही गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले निर्माण गरिएका सालिक शहीदहरूको अनुहारसँग नमिलेको गुनासो गरेका छन्।

    गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको सालिक पार्कमा निर्माण गरिएको छ।

    सातदोबाटोस्थित पौडी पोखरी परिसरको करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले जनाएको छ।

    तर, सालिकको स्वरूप र अनुहारलाई लिएर परिवारजनबाट आपत्ति आएपछि उद्घाटन कार्यक्रम नै स्थगित भएको हो। सालिकमा देखिएको त्रुटि सच्याएर मात्रै पार्क उद्घाटन गर्ने तयारी रहेको बताइएको छ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १२:४३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij