Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अनुहार नमिलेपछि ४५ जेनजी सहिदका सालिक अनावरण स्थगित

अनुहार नमिलेपछि ४५ जेनजी सहिदका सालिक अनावरण स्थगित


  • 715
    Shares

    अनुहार नमिलेपछि ४५ जेनजी सहिदका सालिक अनावरण स्थगित
    images

    काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ।

    तयार पारिएका सालिकमा सहिदहरूको अनुहार नमिलेपछि अनावरण कार्यक्रम स्थगित गरिएको हो। सालिक तयार भएपछि परिवारका सदस्यहरूले आफ्ना आफन्तको अनुहारसँग नमिलेको भन्दै आपत्ति जनाएका थिए।

    परिवारका सदस्यहरूको गुनासोपछि आयोजक पक्षले सालिक पुनः सच्याउने तथा आवश्यक सुधार गर्ने निर्णय गरेको जनाइएको छ। त्यसपछि मात्रै सालिक अनावरण गर्ने तयारी गरिएको छ। 

    जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा तयार पारिएका सालिक अनावरण गर्ने कार्यक्रमलाई महत्वपूर्ण रूपमा हेरिएको थियो। तर, परिवारकै सदस्यबाट आपत्ति आएपछि कार्यक्रम तत्कालका लागि रोकिएको हो।

    gen1.JPG

    gen2.JPG

    gen3.JPG

    gen4.JPG

    gen5.JPG

    gen6.JPG

    gen7.jpg

    gen8.jpg

    gen9.jpg

     

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १२:३४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij