Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाए

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाए


  • 806
    Shares

    विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाए
    images

    काठमाडौं । देशका विभिन्न जिल्लामा मंगलबार भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार सुनसरी, रौतहट, सिन्धुली, पाल्पा र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो।

    सुनसरीको धरान उपमहानगरपालिका–स्थित गुराँसचोकमा कोशी राजमार्गमा रोकेर राखिएको को ८ प ३३३३ नम्बरको मोटरसाइकलले १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा मोटरसाइकल चालक ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ।

    त्यस्तै, रौतहटको सिमरी जंगलस्थित धनसर–जंगलसैया क्षेत्रमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा चालक संजय घिसिङको उपचारका क्रममा मृत्यु भएको छ।

    सिन्धुलीको हरिहरपुरगढीस्थित मदन भण्डारी राजमार्गमा बा.प्र. ०३–००१ ख १८१४ नम्बरको मिनीट्रकले पैदलयात्री माइते राईलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    पाल्पाको सिद्धार्थ राजमार्गमा बा ४६ प ८७०२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि खोल्सामा खस्दा मोटरसाइकलमा पछाडि सवार तिनाउका २७ वर्षीय युवराज दर्लामीको मृत्यु भएको छ।

    यस्तै, बाँकेमा भएको अर्को सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    मंगलबार मात्रै विभिन्न स्थानमा भएका यी दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका हुन्। प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - ११:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij