Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंमा ग्यास अभाव हटाउन नयाँ नियम: जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन पाइने

काठमाडौंमा ग्यास अभाव हटाउन नयाँ नियम: जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन पाइने


  • 519
    Shares

    काठमाडौंमा ग्यास अभाव हटाउन नयाँ नियम: जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन पाइने
    images

    काठमाडौं । हालै आएको बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको आपूर्ति समस्या समाधान गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रुपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसग छलफल गरेकी हुन् ।

    अब उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइनेछ । आफूले प्रयोग गर्दै आएको ब्रान्ड बजारमा नभएमा उपभोक्ताले जुनसुकै सिलिन्डरमार्फत ग्यास खरिद गर्न सक्नेछन् । बाढीका कारण आपूर्ति प्रणालीमा असर परेकाले तत्कालका लागि यो अस्थायी व्यवस्था गरिएको हो ।

    मन्त्री यादवले यो निर्णय कडाइका साथ कार्यान्वयन गर्न नेपाल आयल निगम र ग्यास उद्योगहरुलाई निर्देशन दिएकी हुन । संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा तोकिएको नियम पालना नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - ११:०४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij