Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ओलीले सम्झिए भदौ २४ : ‘कहालीलाग्दो विध्वंस भएको दिन’

ओलीले सम्झिए भदौ २४ : ‘कहालीलाग्दो विध्वंस भएको दिन’


  • 729
    Shares

    ओलीले सम्झिए भदौ २४ : ‘कहालीलाग्दो विध्वंस भएको दिन’
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौ २४ लाई ‘कहालीलाग्दो विध्वंस भएको दिन’का रूपमा स्मरण गरेका छन्।

    एक भिडियो सन्देश जारी गर्दै ओलीले गत वर्ष भदौ २४ गते राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि ठूलो आक्रमण तथा विध्वंस भएको दाबी गरेका हुन्।

    गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। भदौ २४ गते सरकारी तथा निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको थियो।

    घटनाको एक वर्ष पूरा भएको अवसरमा ओलीले आन्दोलनका क्रममा ज्यान गुमाएका नवयुवा तथा कर्तव्यपालनका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत उनले गरेका छन्।

    ओलीले लोकतन्त्रमा नागरिकले आफ्ना अपेक्षा, असन्तुष्टि र माग शान्तिपूर्ण रूपमा राख्नु स्वाभाविक भएको बताएका छन्। संविधानले वाक् स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले गत वर्षको शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरी हिंसा भड्काएको आरोप लगाए।

    उनका अनुसार प्रदर्शनका क्रममा संसद् भवनमा आक्रमण तथा तोडफोडको अवस्था सिर्जना भयो। नवयुवाहरूलाई षड्यन्त्रपूर्वक संसद् भवन अगाडि लगिएको र गोली चलेको दाबी गर्दै ओलीले त्यस क्रममा १७ जनाको ज्यान गएको स्मरण गरे।

    ओलीले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा निजी–सार्वजनिक सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनीलाई अघिल्लो दिनको मानवीय क्षतिको आवेग मात्र मान्न नसकिने बताएका छन्।

    उनले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक घटनामा परिणत गर्ने तत्वहरूको उद्देश्य फरक रहेको दाबी गर्दै घटनापछि पुनःउत्थानको प्रयासमा रहेका व्यवसायी तथा अन्य प्रभावितप्रति शुभेच्छा व्यक्त गरेका छन्।  

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १०:५८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij