Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, के छ कार्यसूची ?

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, के छ कार्यसूची ?


  • 1.4K
    Shares

    संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, के छ कार्यसूची ?
    images

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । 

    बैठकमा  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।  

    बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । 

    कानुनमन्त्री गौतमले नै ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पेस गर्ने कार्यसूची छ । 

    राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्नेछ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । 

    बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाल ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - ०८:००:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij