Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेकपाका नेता अशोक यादव पक्राउ

नेकपाका नेता अशोक यादव पक्राउ


  • 1.3K
    Shares

    नेकपाका नेता अशोक यादव पक्राउ
    images

    काठमाडौं ।  नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् ।

    मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई पक्राउ गरिएको पुष्टि गरे । यादव पक्राउ पर्नुको कारण भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोप छ ।

    यो घटना २०८२ असारको हो । यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

    त्यसपछि प्रहरीले खोजी गर्दा उनी फरार भएका थिए । अहिले भने उनी पक्राउ परेको डीआईजी अधिकारीले बताए ।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १९:१९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij