Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीपीडितलाई जर्मनीको ८० लाख युरो सहयोग

भोटेकोशी बाढीपीडितलाई जर्मनीको ८० लाख युरो सहयोग


  • 1.5K
    Shares

    भोटेकोशी बाढीपीडितलाई जर्मनीको ८० लाख युरो सहयोग
    images

    काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि जर्मनीले झण्डै १ अर्ब ४० करोड रुपैयाँ (८० लाख युरो) बराबरको बृहत सहायता प्याकेज घोषणा गरेको छ।

    काठमाडौंस्थित जर्मन राजदूतावासका अनुसार यो सहयोगले तत्कालको मानवीय आवश्यकतालाई सम्बोधन गर्नुका साथै बाढीपछिको पुनर्निर्माण र भविष्यमा आइपर्ने विपद् व्यवस्थापनको क्षमता अभिवृद्धिमा समेत मद्दत पुर्‍याउनेछ।

    घोषित सहायतामध्ये ५ लाख युरोभन्दा बढी रकम आपत्कालीन राहतका लागि विनियोजन गरिएको छ। यसअन्तर्गत नेपाल सरकारको अनुरोधमा युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत भान्साका सामग्री, त्रिपाल, झुल, खानेपानी आपूर्ति गर्ने उपकरण र क्याम्प बेडहरू वितरण गरिनेछ।

    यस्तै, अन्य २ लाख युरो मानवीय सहायताका रूपमा दुईवटा नागरिक समाज संस्थाहरूलाई उपलब्ध गराइनेछ, जसले विशेषगरी गर्भवती महिला, सुत्केरी र नवजात शिशुको स्वास्थ्य सेवाका साथै प्रभावित परिवारका लागि आयआर्जनका अवसरहरू सिर्जना गर्नेछन्।

    जर्मनीले तत्कालको राहतमा मात्र सीमित नभई दीर्घकालीन विकासका लागि ७३ लाख ५० हजार युरो थप परिचालन गरेको जनाएको छ। जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयमार्फत उपलब्ध गराइने यो रकम जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था ९जीआईजेड० ले कार्यान्वयन गर्ने दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     जर्मन राजदूतावासले यस कठिन घडीमा आफूहरू नेपाली जनताको साथमा रहेको र दुई देशबीचको गहिरो साझेदारीले विपद्को सामना गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेको छ।

     

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १६:३६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij