Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेस अधिवेशनको नयाँ तालिका सार्वजनिक, वडा अधिवेशन असोज ३ र ४ गते

कांग्रेस अधिवेशनको नयाँ तालिका सार्वजनिक, वडा अधिवेशन असोज ३ र ४ गते


  • 1.1K
    Shares

    कांग्रेस अधिवेशनको नयाँ तालिका सार्वजनिक, वडा अधिवेशन असोज ३ र ४ गते
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

    समितिको मंगलबार बसेको बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रमा राख्दै तल्लो तहका अधिवेशनको नयाँ मिति तय गरेको हो।

    यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका तय गरिएको थियो। तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको धनजनको क्षतिका कारण निर्वाचन कार्यतालिका परिमार्जन गरिएको निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुनेछ। त्यस्तै, गाउँ/नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने निर्णय भएको छ।

    केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मितिमै असोज १६, १७, १८ र १९ गते काठमाडौंमा हुनेछ।

    बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृत तथा स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गरिने समितिले जनाएको छ।

    त्यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशनसमेत असोज १० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ।

    जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने निर्वाचन समिति संयोजक खड्काले जानकारी दिएका छन्।

    1_McVKkksHKo.webp

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १५:५४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij