२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ। मंगलबार दिउँसो २ः५० बजे गौरीघाट केन्द्रमा बागमतीको जलसतह बढेर सतर्कता विन्दुभन्दा माथि पुगेको हो।
जलसतह बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई पूर्वसावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाले सूचना जारी गर्दै नदी आसपासका क्षेत्र तथा डुबान भइरहने स्थानका बासिन्दालाई उच्च सतर्क रहन अपिल गरेको हो।
महाशाखाले भनेको छ, ‘नदी आसपासका क्षेत्र र डुबान भइरहने ठाउँका बासिन्दा उच्च सतर्क रहनुहोला।’
जलसतह थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij