Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चीनबाट नेपाल आयो चौथो चरणको आपत्कालीन राहत सामग्री

चीनबाट नेपाल आयो चौथो चरणको आपत्कालीन राहत सामग्री


  • 848
    Shares

    चीनबाट नेपाल आयो चौथो चरणको आपत्कालीन राहत सामग्री
    images

    काठमाडौं । चीन सरकारका तर्फबाट प्रदान गरिएको चौथो ब्याचको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।

    राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२० ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

    विमानस्थलमा आयोजित हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।

    नयाँ किस्ताअन्तर्गत नेपाललाई उद्धार कार्यमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल पर्मानेन्ट म्याग्नेट फ्लड पम्प, थप ब्याट्री, मर्चरी फ्रिजर तथा सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू उपलब्ध गराइएको छ।

    नेपालको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर पठाइएका यी राहत सामग्रीले विपद् प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार तथा उद्धारपछिका कार्यमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

    यसअघि पनि चीन सरकारले विपद् प्रभावित नेपाली नागरिकका लागि विभिन्न चरणमा आपत्कालीन राहत सामग्री उपलब्ध गराउँदै आएको छ। 

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १४:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij