२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । जेनजी शहीदहरूको सम्झनामा आज देशभर ‘जेनजी शहीद स्मृति दिवस’ मनाइँदै छ।
स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सरकारका विभिन्न मन्त्री, सांसद तथा अन्य व्यक्तिहरूको सहभागिता रहेको छ।
कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवार तथा आफन्तहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन तथा माल्यार्पण गरेका छन्। शहीदका परिवारहरू आफ्ना प्रियजनको सम्झनामा भावुक बनेका छन् भने कतिपयका आँखाबाट आँसु झरेका थिए।
केहीबेर पुरानो संसद् भवन परिसरको वातावरण नै भावविह्वल बनेको थियो।
सरकारले जेनजी आन्दोलन भएको भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभर सार्वजनिक बिदा दिएको छ।
भदौ २३ गते संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा भदौ २४ गते देशभर प्रदर्शन भएको थियो।











© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij