Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सर्वोत्तम र जगदम्बा सिमेन्टले दिए बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

सर्वोत्तम र जगदम्बा सिमेन्टले दिए बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग


  • 995
    Shares

    सर्वोत्तम र जगदम्बा सिमेन्टले दिए बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग
    images

    काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

    दुवै कम्पनीले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। सहयोग रकमको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गरेको हो।

    गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। विपद्को कठिन अवस्थामा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको दुवै कम्पनीले जनाएका छन्।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन हुने रकमले बाढी प्रभावित परिवारको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनाका काममा सहयोग पुग्ने कम्पनीहरूको विश्वास छ।

    सर्वोत्तम र जगदम्बा सिमेन्टले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको बताएका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएका दुवै कम्पनीले आगामी दिनमा पनि विपद्का बेला सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    कम्पनीहरूले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १२:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij