Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि नाइमाले गर्‍यो ५० लाख सहयोग

बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि नाइमाले गर्‍यो ५० लाख सहयोग


  • 533
    Shares

    बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि नाइमाले गर्‍यो ५० लाख सहयोग
    images

    काठमाडौं । हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आफ्नो पूर्वनिर्णयअनुसार रु। ५० लाख सहयोग प्रदान गरेको छ। 

    उक्त सहयोग NAIMA अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा माननीय अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा NAIMA का बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, Cimex Inc. (BYD का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, NAIMA का कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा NAIMA को डिजिटल एजेन्सी Digipal तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो। 

    सो अवसरमा अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताए । उनले विशेषगरी NAIMA का सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा NAIMA सधैं सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरे। “यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” उनले बताए।   

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १२:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij