Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

७२ वर्षीय मलेसियाली फुटबल लेजेन्डले गरे २० वर्षीया युवतीसँग विवाह

७२ वर्षीय मलेसियाली फुटबल लेजेन्डले गरे २० वर्षीया युवतीसँग विवाह


  • 764
    Shares

    ७२ वर्षीय मलेसियाली फुटबल लेजेन्डले गरे २० वर्षीया युवतीसँग विवाह
    images

    काठमाडौं । मलेसियाका पूर्व राष्ट्रिय फुटबल खेलाडी दातो अब्दाह अलिफ ७२ वर्षको उमेरमा करिब २० वर्षकी युवतीसँग पुनः विवाह गरेपछि चर्चामा आएका छन्।

    उनीहरूबीच करिब ५२ वर्षको उमेर अन्तर रहेको बताइएको छ। विवाह अगस्ट २७ मा कुआला तेरेन्गानुमा भएको हो र उनका भाइ तथा पूर्व राष्ट्रिय खेलाडी/प्रशिक्षक दातो युनुस अलिफले दुवै परिवारको सहमति र आशीर्वादमा विवाह भएको पुष्टि गरेका छन्।

    अब्दाह अलिफ मलेसियाली फुटबलको चर्चित पुस्ताका खेलाडी हुन्। उनले सन् १९७० को दशकको अन्त्यदेखि १९८० को सुरुवातसम्म राष्ट्रिय टोलीबाट खेलेका थिए र १९८० मस्को ओलम्पिक छनोटमा दक्षिण कोरियाविरुद्ध २–१ को ऐतिहासिक जित** निकाल्ने टोलीका महत्वपूर्ण सदस्य थिए। हाल भने उनी आफ्नो विवाहका कारण सामाजिक सञ्जालमा चर्चामा छन्।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १२:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij