Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग


  • 519
    Shares

    भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग
    images

    काठमाडौं । कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

    कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित  परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । 

    उनीहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १२५ सेटका दरले उपलब्ध गराएका हुन् ।

    कैदीबन्दीले १०० देखि दुई हजार रुपैयाँसम्म नगद र श्रम दानगरी ती सामाग्री उपलब्ध गराइएको हो । तीन लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको सो अवसरमा जानकारी दिइयो ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेकाबाट गरिएको यो सहयोग उदाहारणीय र नमूना किसिमको भएको बताए । कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन् ।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - ११:५७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij