Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक

ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक


  • 610
    Shares

    ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक
    images

    काठमाडौं । अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित नयाँ एक डलरको सिक्का सार्वजनिक गरेको छ। अमेरिका स्थापनाको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले सिक्का जारी गरेको हो।

    सिक्काको अगाडिको भागमा ट्रम्पको तस्बिर र ‘१७७६–२०२६’ उल्लेख गरिएको छ भने पछाडिको भागमा अमेरिकी राष्ट्रपतीय छाप र राजगरुडको चित्र राखिएको छ।

    जीवित व्यक्तिको तस्बिर अमेरिकी सिक्कामा राखिएको यो दुर्लभ घटना हो। यसअघि सन् १९२६ मा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिरसहितको आधा डलरको सिक्का जारी गरिएको थियो।

    सिक्का कानुनी रूपमा मान्य भए पनि मुख्यतः सङ्कलकका लागि लक्षित गरिएको छ। यसको बिक्री सुरु भएको केही घण्टामै उच्च मागका कारण युएस मिन्टको वेबसाइटमा मौज्दात सकिएको सन्देश देखिएको थियो।

    ट्रम्प प्रशासनले विशेष कानुनी व्यवस्थाको आधारमा सिक्का जारी गरेको दाबी गरेको छ भने विपक्षी डेमोक्र्याटहरूले यसलाई राष्ट्रपतिको व्यक्तिगत ब्रान्डिङको प्रयास भन्दै आलोचना गरेका छन्। 

    trump-face-sikka1.jpg

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - ११:५६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij