Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जेनजी आन्दोलनका मूल प्रश्न अझै यथावत् छन् : कुलमान घिसिङ

जेनजी आन्दोलनका मूल प्रश्न अझै यथावत् छन् : कुलमान घिसिङ


  • 743
    Shares

    जेनजी आन्दोलनका मूल प्रश्न अझै यथावत् छन् : कुलमान घिसिङ
    images

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै भएको ऐतिहासिक जेनजी आन्दोलनको म्यान्डेटअनुसार वर्तमान सरकारले परिणाम दिन नसकेको बताएका छन्।

    गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै अध्यक्ष घिसिङले झन्डै दुईतिहाइ जनमत प्राप्त सरकारले अपेक्षाअनुसार गति लिन नसकेको उल्लेख गरेका छन्।

    उनले आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। जेनजी आन्दोलन केवल सरकार परिवर्तनका लागि मात्र नभई राजनीतिक संस्कार, शासनशैली र सुशासनका लागि उठेको पुस्ताको आवाज भएको उनले स्पष्ट पारेका छन्।

    आन्दोलनपछि गठित सरकारले गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएर राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा फर्काएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘सुशासनका क्षेत्रमा केही सकारात्मक प्रयास भए पनि आन्दोलनले उठाएका मूल प्रश्नहरू अझै यथावत् छन्।’

    सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले थपे, ‘अब केवल भाषण, घोषणा र राजनीतिक नाराले पुग्दैन । जनताले खोजेको परिवर्तन शासन गर्ने व्यक्तिको मात्र होइन, प्रणाली र कार्यशैलीको परिवर्तन हो।’  

     

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - ११:३५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij