Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जेनजी विद्रोहका घटनामा आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

जेनजी विद्रोहका घटनामा आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग


  • 925
    Shares

    जेनजी विद्रोहका घटनामा आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

    जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

    आङ्देम्बेले राष्ट्रिय मानव अधिकार आयोगले २३ भदौमा भएको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने र अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौमा विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाही गर्न सिफारिस गरिसकेको उल्लेख गरेका छन्।

    उनले आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

    राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने कांग्रेसको धारणा रहेको आङ्देम्बेले बताएका छन्। राज्यशक्तिको दुरुपयोग गर्ने तथा आन्दोलनको नाममा कानुन हातमा लिएर देशलाई विध्वंसतर्फ धकेल्ने दुवै पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

    राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनभन्दा विश्वसनीय रहेको दाबी गर्दै आङ्देम्बेले आफूलाई जोगाउन सत्ता नेतृत्वबाटै प्रतिवेदनमा कैँची चलाइएको आशंका गर्ने ठाउँ रहेको बताएका छन्।

    जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको दीर्घकालीन उपचार, पुनःस्थापना र आवश्यक सहयोग सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

    जेनजीको बलिदानलाई कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्तिका रूपमा प्रयोग गर्न नहुने बताउँदै आङ्देम्बेले आन्दोलनले उठाएका प्रश्नलाई राज्यको नीति, शासन र व्यवहारमै सम्बोधन गर्नुपर्ने बताएका छन्।

    1_QJcRudcNSJ.webp

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १०:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij