Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीमा ज्यान गुमाएका १३ सयमध्ये ९८ जनाको शव मात्रै परिवारलाई हस्तान्तरण

बाढीमा ज्यान गुमाएका १३ सयमध्ये ९८ जनाको शव मात्रै परिवारलाई हस्तान्तरण


  • 638
    Shares

    बाढीमा ज्यान गुमाएका १३ सयमध्ये ९८ जनाको शव मात्रै परिवारलाई हस्तान्तरण
    images

    काठमाडौं । भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूमध्ये हालसम्म ९८ जनाको शव मात्रै परिवारलाई हस्तान्तरण गरिएको छ। 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ ६ बजेसम्म ९८ शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ। अन्य शव सनाखत हुन सकेको छैन। 

    हालसम्म भोटेकोसी बाढीमा ज्यान गुमाएका एक हजार ३५६ जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा ३६३ शव भेटिएका छन्। 

    त्यस्तै, रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका प्राधिकरणले जनाएको छ। 

    बाढीमा परेर हालसम्म चार हजार ९९४ जना सम्पर्कविहीन छन्। सबैभन्दा बढी नुवाकोटमा दुई हजार ३४० जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय, नुवाकोटले प्राधिकरणलाई जानकारी गराएको छ। 

    सम्पर्कविहीन हुनेमध्ये ५८७ जना विदेशी नागरिक छन्। त्यस्तै, एक सय सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन्। 

    जलविद्युत् आयोजनाहरूमा हराएका कर्मचारी तथा मजदूरको खोजी भइरहेको छ। भोटेकोसी नदीमा रहेका विभिन्न जलविद्युत् आयोजनामा नेपाली र विदेशी उद्धारकर्ता खोजीमा जुटिरहेका छन्। 

     

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १९:१२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij