२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन्।
प्रधानमन्त्री शाह महासभामा सहभागी हुन न्युयोर्क जाने र असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनले महासभालाई असोज ८ गते सम्बोधन गर्ने तय भएको छ।
रसुवाको भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको आवाज अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने दबाब बढेको थियो।
महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या तथा जलवायु न्यायको विषयमा संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो। तर, भोटेकोशी बाढीपछि प्रधानमन्त्री स्वयं न्यूयोर्क पुगेर जलवायु परिवर्तन र त्यसबाट नेपालले भोग्नुपरेका विपद्का विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने आवाज उठेपछि शाहको अमेरिका भ्रमण तय भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij