Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

खारेज भएको छैन ‘ग्रीन आर्मी’ को दर्ता, गृहद्वारा नाम सच्याउन पत्राचार

खारेज भएको छैन ‘ग्रीन आर्मी’ को दर्ता, गृहद्वारा नाम सच्याउन पत्राचार


  • 1.5K
    Shares

    खारेज भएको छैन ‘ग्रीन आर्मी’ को दर्ता, गृहद्वारा नाम सच्याउन पत्राचार
    images

    काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ग्रीन आर्मी विवादित बनेपछि नाम सच्याउन गृह मन्त्रलायले कम्पनी रजिष्ट्रार कार्यालयमा पत्राचार गरेको छ । बाहिर चर्चा भएजस्तो ‘ग्रीन आर्मी’ को दर्ता खारेजी भने भएको छैन ।

    उक्त संस्था खारेज भएको समाचार सुनेर आफू आश्चर्यमा परेको कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले बताइन् ।  कुरा गर्दै उनले गृह मन्त्रालयबाट नामको विषयमा त्रुटि सच्याउन पत्र आएको भने स्वीकार गरिन् ।

    ‘संस्था खारेज गर्नका लागि सम्बन्धित संस्थाले नै खारेजीको माग गर्दै निवेदन दिनुपर्ने प्रावधान छ,’ उनले भनिन्, ‘संस्था निरन्तर अपडेट भएको देखिन्छ । त्यसैले हामीले तत्काल गर्नसक्ने भनेको नाम परिवर्तनको काममात्रै हो ।’

    कम्पनी दर्ता ऐनको दफा ६ र निर्देशिकाको दफा २०, २१ र २२ मा भएको व्यवस्थाबमोजिम नाम परिवर्तन गर्ने विषय जानकारी गराइने श्रेष्ठले बताइन् । ऐन र निर्देशिकाले गरेको व्यवस्थाअनुसार नाम परिवर्तन गर्ने प्रक्रिया शुरु भएको मितिले ३५ दिनभित्र गरिसक्नुपर्नेछ । उनले गृह मन्त्रालयले उक्त संस्था दर्ता गर्नका लागि दिएको स्वीकृतिसम्म रद्ध गर्न पाउने व्यवस्था भएको जानकारी दिइन् ।

    यसैबीच ग्रीन आर्मीका संस्थापक प्रमुख सविन शर्माले संस्था खारेजीको हल्ला भ्रामक भएको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले संस्थाको स्थापना तथा सञ्चालनसम्बन्धी विषयमा विभिन्न समयमा सार्वजनिक भएका भ्रमपूर्ण सामग्रीप्रति संस्था सचेत रहेको उल्लेख गरेका छन् ।

    ग्रीन आर्मीले आफनो उद्देश्यअनुसार वातावरण संरक्षण, विपद् व्यवस्थापन, उद्धार तथा राहत सहयोग जस्ता कार्यक्रमहरूलाई प्रक्रियागत तथा प्रचलित कानूनअनुसार निरन्तरता दिइरहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १६:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij