Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कारोबारसँगै बढ्यो शेयर बजार

कारोबारसँगै बढ्यो शेयर बजार


  • 974
    Shares

    कारोबारसँगै बढ्यो शेयर बजार
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १८.०७ अंकले बढेर २,५६० को विन्दुमा कायम भएको छ ।

    आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५२ कम्पनीको ९२ लाख ९८ हजार ९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ ।

    विगतमा मूल्य केही झरिसकेकाले यो समूहमा सोमबार आकर्षण देखियो । त्यस्तै बैंकिङ १.१५, विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५१, लगानी ०.०४, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.६१ र अन्य समूह ०.५० प्रतिशत बढेको छ । व्यापार ०.०९ तथा फाइनान्स ०.४३ प्रतिशत घटे ।

    आज पियोर इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । त्यस्तै गणपति लघुवित्तको ७.३५, श्रीनगर एग्रिटेकको ६.२६, कालिका लघुवित्तको ६.२२, सागर डिस्टिलरीको ६.२०, रावा इनर्जीको ५.३२, शिखर इन्स्योरेन्सको ५.२४, एसवाई प्यानलको ४.९२ प्रतिशत मूल्य बढेको छ ।

    इमर्जिङ नेपाल, सिन्धु विकास बैंक तथा जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घटेको छ । सिन्धु र जानकीलाई मुक्तिनाथ विकास बैंकले एक्विजिसन गर्ने समझदारी भएको छ । अपर लोहोरेखोलाको १३.३३, आशा लघुवित्तको ७.३९ प्रतिशत मूल्य घटेको छ।

    आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको १७ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १५:३३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij