Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ब्रेकथ्रु नभएसम्म उद्धार कार्य नरोकिने नेपाली सेनाको घाेषणा, सुरुङभित्र १२१ जनाको खोजी

ब्रेकथ्रु नभएसम्म उद्धार कार्य नरोकिने नेपाली सेनाको घाेषणा, सुरुङभित्र १२१ जनाको खोजी


  • 911
    Shares

    ब्रेकथ्रु नभएसम्म उद्धार कार्य नरोकिने नेपाली सेनाको घाेषणा, सुरुङभित्र १२१ जनाको खोजी
    images

    काठमाडौं । भदौ १० को रसुवा बाढीमा विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान नेपाली सेनाले गरेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले यस्तो बताएका हुन्।

    ‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौं ।’  उनले जलविद्युत‌्का अन्य व्यक्तिहरू बाहिरी भागमा परेको पनि अनुमान रहेको बताए।

    सहायक रथी थापाले जलविद्युत् आयोजनाको टनेलमा भएको क्षतिलाई आकलन गर्दा बाढी तथा लेदो करिब १ सय ८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए।

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १५:३१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij