Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितका लागि काँग्रेसद्वारा एक करोड आर्थिक सहयोग

बाढीपीडितका लागि काँग्रेसद्वारा एक करोड आर्थिक सहयोग


  • 638
    Shares

    बाढीपीडितका लागि काँग्रेसद्वारा एक करोड आर्थिक सहयोग
    images

    काठमाडौं । नेपाली काँग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    सोमवार पार्टी महामन्त्री प्रदीप पौडेलसहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेलाई बाढी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरिएको पार्टी महामन्त्री पौडेलले बताएका छन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजनाका सुरुङ तथा टनेलमा फसेका नागरिकको अवस्थाबारे जानकारी गराउन ध्यानाकर्षण गराईको बताएका छन् ।

    उनले पार्टीले बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी यसको दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई उचित सुझाव दिने गरी तयारी गरिरहेको समेत बताएका छन् । महामन्त्री पौडेलले विपद् व्यवस्थापनमा सरकार एक्लैले मात्र काम गर्न नसक्ने भन्दै राजनीतिक दल, तीनै तहका सरकार र सहयोग गर्न चाहने सबै पक्षबीच समन्वय आवश्यक रहेको समेत बताएका छन् । 

    उनले सरकारले सबै पक्षलाई विश्वासमा लिएर खोज तथा उद्धार र राहत वितरणको कार्यलाई थप प्रभावकारी बनाउन अर्थमन्त्री वाग्लेमार्फत सरकारलाई आग्रह गरिएको बताएका छन्।  

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १५:२६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij