Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादी

डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादी


  • 715
    Shares

    डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादी
    images

    काठमाडौं ।  कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ ।केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, कालीमाटीले गरेको परीक्षणका क्रममा डल्ले खुर्सानीमा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने विषादीको मात्रा उच्च पाइएको हो ।

    प्रयोगशालाले भदौ २२ गते जारी गरेको परीक्षण प्रतिवेदन अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट बिक्रेता दीपक रतन शाक्यमार्फत कालीमाटी बजारमा ल्याइएको डल्ले खुर्सानीमा कार्बामेट २.३४७६ र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशत सम्म भेटिएको छ ।

    प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा देखिएका खाद्य वस्तुलाई तत्काल उपभोग गर्न अयोग्य मानिन्छ । 

    अन्य ९ वटा तरकारीका नमुनाहरू (जस्तै: साग, प्याज, बन्दा, गोलभेँडा, काँक्रो, काउली, परवल, भिण्डी र फर्सी) मा भने विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम रहेको र उपभोग योग्य पाइएको छ । 

    image-(8)_I5OePFcpWr.webp 

     

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १४:२८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij