२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । संयुक्त राज्य अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार कार्गो विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ।
बीबीसीका अनुसार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच व्यक्ति घाइते भएका छन्।
अमेजन एयरको कार्गो विमान आइतबार स्थानीय समयअनुसार दिउँसो २ बजेतिर अवतरण गरेको बोइङ ७६७(३०० विमान धावनमार्गबाट चिप्लिएर बाहिर पुगी दुर्घटना भएको हो।
विमान लगभग २०९ किलोमिटर प्रतिघण्टाको गतिमा धावनमार्गबाट बाहिर पुगेको थियो। यस क्रममा विमानले धेरै सवारी साधनलाई ठक्कर दिँदा आगो लागेको थियो।
अधिकारीहरूका अनुसार घाइतेमध्ये तीन जनालाई स्थानीय ट्रमा सेन्टरमा लगिएको छ भने अन्य दुई जनालाई अस्पताल भर्ना गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij